धादिङ १९,माघ।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।शनिबार अधिबेशनले अध्यक्षमा अर्जुनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, सह–सचिवमा विनोद तमु र विरमान तामाङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् ।भने सदस्यहरूमा रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य निर्वाचित भएका छन् ।
साथै केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् ।
सम्मेलनमा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्षहरुमा हीरामान लामा, गणेश पाण्डे, महासचिव राजेश राइ नेता विश्वमणी सुवेदी, सचिव विष्णु तारुके, केन्द्रिय सदस्य धर्मेन्द्र दाहाल सदस्य शालिग्राम नेपाल, लगायतको उपस्थिति रहेको सह-सचीव बिनोद तमुले बताए।