दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्वे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी समेत गरिएको छ।भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।
भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।
जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |