विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ २१, सोमबार (१ दिन अघि)
  • ६२ पटक पढिएको

विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह

काठमाडौँ २१,माघ।इजरायलसँग युद्धबिराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ।

सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका तेत्तीस बन्दिको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् ।

यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका हुन्।

सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका छ्न्। भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

मल्लका अनुसार सिंहदरबारमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

जवाफमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी गराएका थिए । उनले विपिनका बुवालगायत परिवारका सदस्यहरूसँग सोमबार मात्र भेट भएको भन्दै उनले आवश्यक पहल भइरहेको बताएका थिए ।

७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि हमासले दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता विपिनको अवस्था अज्ञात छ । इजरायल–हमासबीच युद्धविराम भएपछि अहिले धमाधम बन्दीहरू रिहाइ भइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस