गजुरी गाउँपालिकामा फागुन पहिलो हप्ता पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभि खोप लगाइने

फोटो फाइलबाट।

गजुरी गाउँपालिकामा फागुन पहिलो हप्ता पाठेघर मुखको क्यान्सरविरुद्धको  एचपिभि खोप लगाइने

नेपाल सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप लगाउने भएको छ। मङ्गलबार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउने भएको हो ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर कुमार श्रेष्ठले बताए।

यसैबिच गजुरी गाउँपालिकामा ११ सय ८२ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि खोप लगाउने भएको छ । गजुरीमा फागुन १ गतेदेखि ५ गते सम्म खोप लगाइने छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर कुमार श्रेष्ठका अनुसार विद्यालय र स्वास्थ्य संस्था गरि २३ वटा खोप केन्द्रबाट खोप लगाइने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

२ दिन अघि

(Untitled)

खोजी गर्नुहोस