तिस हजार गरिब किसानको ऋण मिनाहा गरेको दावी:पूर्वप्रधानमन्त्री प्रचण्ड

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २३, बुधबार (१४ घण्टा अघि)
  • २० पटक पढिएको

तिस हजार गरिब किसानको ऋण मिनाहा गरेको दावी:पूर्वप्रधानमन्त्री प्रचण्ड

बेनी २२,माघ। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आफूले गरेका वेला ३० हजार गरिब किसानकी ऋण मिनाहा गरेको दावी गरेका छन्।

माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभामा उनले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको भन्दै नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु नै अबको राजनीतिक मुद्दा भएको बताएका छन्।

“विद्युत् वितरण प्रणालीको चुहावट नियन्त्रण गरेर लोडसेडिङको अन्त्य, संविधानको कार्यान्वयन, समावेशी, समानुपातिक व्यवस्थाको अगुवाइलगायत काम भएका छन्। ३० हजार गरिब किसानको कृषि ऋण मिनाहा गर्ने काम भएको छ”, उनले दावी गरे।

। देशलाई आर्थिक सङ्कटबाट मुक्त बनाउन भ्रष्ट्राचारविरुद्धको लडाइँमा जनताको साथ आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।

“हिजो जनअधिकार र व्यवस्था परिवर्तनको नेतृत्व गर्‍यौँ , अब देश विकासको बाधक भ्रष्टाचार अन्त्यका लागि अगाडि बढ्छौँ। यसमा सबैको साथ आवश्यक छ”, उनले भने।

पूर्वप्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको दावी गरे।

जलविद्युत्‌को अन्तरराष्ट्रिय व्यापारका लागि सम्झौता तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रशारण लाइन आयोजना अघि बढाएको बताउँदै अध्यक्ष प्रचण्डले म्याग्दीको छिमेकी जिल्ला मुस्ताङको कोरलालगायत नेपाल-चीनका परम्परागत व्यापारिक नाका पनि सञ्चालनमा ल्याउने काम आफ्नै नेतृत्वमा भएको दावीसमेत गरे।

यसैगरी उनले विगतका कमजोरी सच्याएर जनताको पक्षमा दृढतापूर्वक उभिने अभियान शुरु गरिएको र विभाजित माओवादीलाई एकै ठाउँमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताए।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, नेताहरू हरिबहादुर भण्डारी, शेरबहादुर केसी र विनोद केसीले म्याग्दीको विकास निर्माणको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे।स्रोत:थाहा खबर।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस