भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २४, बिहिबार (१ महिना अघि)
  • ११० पटक पढिएको

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौँ।नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा गर्नु भयो । यस्तै उहाँल रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलव्ध गराउन भारत तयार रहेको समेत उल्लेख गर्नु भयो ।

त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा दुई देश विचको सम्वन्ध थप प्रगाढ बन्ने समते उहाँले उल्लेख गर्नुभयो ।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरु विच छिटै बैठक बस्ने विश्वास व्यक्त गर्नुभयो । सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरु लगायतका अधिकारीहरु सहभागी रहनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस