मन्त्री भण्डारी द्वारा नवलपरासी स्थित औद्योगिक गतिविधिहरूको अवलोकन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २५, शुक्रबार (१ महिना अघि)
  • १०७ पटक पढिएको

मन्त्री भण्डारी द्वारा नवलपरासी स्थित औद्योगिक गतिविधिहरूको अवलोकन

काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि विषेश परियोजनाहरूको उद्घाटन गर्नुभएको छ ।

आज उहाँले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गर्नुभएको हो । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रा.लि. मा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने बताउनुभयो ।मन्त्री भण्डारीले सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गर्नुभएको छ । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गर्नुहुँदै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गर्नुभयो ।

छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवघता व्यक्त गर्नुभयो । उद्योगमैत्री नीति बनाउने बताउदै उहाँले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी उहाँले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गर्नुभएको छ । उहाँले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस