धादिङको गजुरीमा एचपिभि खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठी कार्यक्रम सप्पन्न

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २६, शनिबार (१ महिना अघि)
  • १४९ पटक पढिएको

धादिङको गजुरीमा एचपिभि खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठी कार्यक्रम सप्पन्न

धादिङ। गजुरी गाउँपालिका स्वास्थ्य शाखा द्धारा आयोजित पालिका स्तरीय एच.पि.भि खोप समन्वय समिति,संचारकर्मी एवं सरोकारवालाहरुको उपस्थितमा अभिमुखिकरण गोष्ठी कार्यक्रम सप्पन्न भएको छ।

यहीँ फागुन १ गतेदेखि फागुन ५ गते सम्म एच.पि.भि खोप अभियान सन्चालन हुने भएको हो।यस गाउँपालिकामा रहेका कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई एचपिभि खोप लगाईने गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताए।

ह्युमन प्यापिलोमा भाइरस एचपीभी यौन सञ्चारित रोगको सूचीमा पर्ने सबैभन्दा सामान्य समस्या हो।त्यसैले पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन यो अभियान देशभर चलाइएको हो।

कार्यक्रमका प्रमुख अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बजार क्षेत्रमा नेटवर्कको ब्यबस्थापन भएसगै सन्चार माध्यमबाट जानकारी लिन सकिने र माथिल्लो भेग गजुरी गाउँपालिका भित्र रहेका दुर्गम वडा ३, ४, ७, र ८ मा एच.पि.भि. खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य शाखा,रेडियो सामाजिक संजालबाट विशेष प्रचार-प्रसार गर्नुपर्ने बताए।

साथै बिधालयका अभिभावक,शिक्षक,विद्यार्थीहरु माझ समेत यो सूचना पुर्याउने र बिधालय आउन बाट बन्चित रहेकाहरुको लागि पनि विशेष पहल गरेर एच.पि.भि खोप लगाउन गाउँपालिका अध्यक्ष श्रेष्ठले निर्देशन दिनु भएको गजुरी गाउँपालिका स्वास्थ्य शाखा सिनियर अ. न.मी.संगिता कडेलले बताइन्।

पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ । यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ । प्रत्येक दिन यो क्यान्सरबाट ४ जनाको ज्यान जाने अध्ययनले देखाएको छ ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका सरकार प्रवक्ता एवम् गजुरी ७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल,गजुरी १, ४ र ६ का वडा अध्यक्षहरु तारानाथ भण्डारी,सुरेन्द्र प्रजा, कर्ण तामाङ , स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम समापन भएको हो।

त्यसैले एच.पि.भि खोपका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक, समाजसेवी र आमा समूहलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै  खोप केन्द्र बारे आफ्नो वडा स्थित स्वास्थ्य केन्द्र वा गजुरी गाउॅपालिका स्वास्थ्य शाखामा सम्पर्क गरी जानकारी लिन समेत अनुरोध गरेका छ्न्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस