धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालको औपचारिक सेवा शुभारम्भ

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २६, शनिबार (१ महिना अघि)
  • १४६ पटक पढिएको

धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालको औपचारिक सेवा शुभारम्भ

धादिङ २६,माघ।जिल्लाकै सदरमुकाम धादिङबेसीमा रहेको सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापन साथमा विशेषज्ञ सेवा सहित औपचारिक रूपमा शुभारम्भ गरेको छ।

अस्पतालले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै, शनिबार उद्घाटन समारोहमा ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराएको हो।

यस अस्पतालले ४ D रंगिन मेसिनबाट Color Doppler द्वारा जिल्लामै पहिलो पटक कलेजोको Fibro Scan, १८–२२ हप्ताको गर्भवती महिलाहरूका लागि Anomaly Scan, २४-घण्टा ल्याब परीक्षण, १ घण्टामा विभिन्न स्वास्थ्य परीक्षणको रिपोर्ट, र ६००MA डिजिटल एक्स-रे सेवा जस्ता अत्याधुनिक सुविधाहरू सहित नयाँ व्यवस्थापनमा सेवा सुचारु गरिएको अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष विष्णुलाल श्रष्ठले बताउनुभयो।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले यो अस्पतालले धादिङ अस्पताललाई चुनौति थपेको बताउँदै, काठमाडौं जानुपर्ने बाध्यता हटाउन सहिद अस्पतालले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, धादिङ अस्पताल र सहिद अस्पताल दुवैले प्रतिस्पर्धात्मक तरिकाले सेवा प्रवाह गर्नुपर्छ, जसले गर्दा जिल्लावासीले सजिलै र सुलभ रूपमा स्वास्थ्य उपचार पाउन सकून्।

धादिङ अस्पतालका निर्देशक निमित्त डा.गगन अधिकारीले सरकारी अस्पताल र निजि सहिद मेमोरियल अस्पताल धादिङ जिल्लाको सदरमुकाममा खुलेता पनि मिलेर समन्वय सहकार्य गरेर धादिङबासी जनसमुदाय सेवा दिनुपर्नेमा जोड दिए।

विशेषगरी, शेयर सदस्य, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र शहीद परिवारलाई विशेष छुटको व्यवस्था सगै अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधी खरिदमा सर्वसाधारणलाई ५ प्रतिशत छुट समेत दिएको सहिद मेमोरियल अस्पताल धादिङका मेनेजिङ डाईरेटर दिपक रेग्मीले जानकारी दिनुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस