गजुरीमा नाग पुजा सगै अनुदान विद्यालय बस पुजा सम्पन्न -अध्यक्ष श्रेष्ठ


गजुरीमा नाग पुजा सगै अनुदान विद्यालय बस पुजा सम्पन्न -अध्यक्ष श्रेष्ठ

गजुरी/ हरेक वर्षको श्रावण महिनाको शुक्ल पञ्चमीका दिन नागको पुजा गर्ने भएकाले यस दिनलाई नाग पञ्चमी भनिन्छ । नाग पुजा निश्चित तिथिमा गरिने भएकाले यो नित्य पुजाअन्तर्गत पर्दछ ।

गजुरी गाउँपालिका सरकार प्रमुख एवं गा.पा.अध्यक्ष गणेशलाल श्रेष्ठले आफू सरकारमा आएदेखि निरन्तर यस प्राङ्गणमा हरेक वर्षको श्रावण महिनाको शुक्ल पञ्चमीका दिन नागको पुजा गर्ने गरेको समेत हाम्रो दैनिकलाई जानकारी दिनुभयो।

आ.व.२०८०/०८१ बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट गजुरी गाउँपालिका अवस्थित भानुभक्त माद्यामिक बिधालय जरेबगैंचामा अनुदान २५,००,०००(अक्षेरुपी:पच्चीस लाख मात्र ) लेराइएको हो।हाइबे राजमार्गबाट आदमघाटदेखि ४ किलोमिटर माथी रहेको मा.वि.मा विद्यार्थीको जनसंख्या बढ्दो र ग्रामीण भेग भएकोले शिक्षा सुधार गर्ने उदेश्यका साथ स्कुल बस अनुदानमा लेराइएको र गजुरी पालिका प्राङ्गणमामै गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बस पुजा समेत गर्नुभएको गजुरी-६ का वडा अध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो।

नागका धेरै प्रकारहरु र कुलहरु भएको ब्यहोरा हिन्दूधर्म अन्तर्गतका विभिन्न शास्त्रहरुमा उल्लेख पाइन्छ । धेरै प्रकारहरु मध्ये कुनैको एकमात्र शिर भएको र कुनैको चार–पाँचसयसम्म शिर भएको वर्णन पाइन्छ । शेषनागलाई नागहरुको राजा मानिएको र जसको शिरमा नागमणी अर्थात जिवमणी हुन्छ र यसका हजार जिब्रा हुन्छन् भन्ने मान्यता छ।

धुनिबेशी अथवा धादिङबेशीबाट दमकल ल्याउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।आगलागी विपद् नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले दमकल खरिद समेत गरिसकेको पनि पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभएको हो। तीन पालिका बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिका तथा गजुरी गाउँपालिकाले खरिद गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस