जलवायु परिवर्तन असरसँग जुध्न स्थानीय अनुकूलन कार्यक्रम ल्याउनुपर्नेमा जोड:उपसचिव सुवेदी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन १, बिहिबार (४ हप्ता अघि)
  • ९७ पटक पढिएको

जलवायु परिवर्तन असरसँग जुध्न स्थानीय अनुकूलन कार्यक्रम ल्याउनुपर्नेमा जोड:उपसचिव सुवेदी

जलवायु परिवर्तनका बढ्दो असरसँग जुध्न स्थानीय अनुकूलन योजना र कार्यक्रम थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

बुधबारदेखि राजधानीमा सुरु स्थानीय अनुकूलन कार्ययोजना सम्बन्धी क्षेत्रीय कार्यशालाका सहभागी सरोकारवालाले यस विषयमा जोड दिएको हो।

वन तथा वातारण मन्त्रालय र द ग्लोबल सेन्टर अन एडाप्टेसन (जीसीए) सहित संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा बोल्दै जीसीएका ग्लोबल लिड अञ्जु शर्माले दक्षिण एसियाली क्षेत्रका स्थानीय नेतृत्वमा आधारित अनुकूलन अभ्यास सबै समक्ष प्रस्तुत गर्न यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।
वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले बढ्दो जलवायु परिवर्तनका असरसँग जुध्न स्थानीय अनूकुलन योजना र कार्यक्रम आवश्यक रहेको बताए ।
कार्यशालाबाट ठोस सुझाव आउने र त्यसलाई सरकारले कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । यस कार्यशालामा नेपालसँगै दक्षिण एसियाका भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशका प्रतिनिधि सहभागी छन् । कार्यशाला तीन दिनसम्म चल्ने बताइएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस