गजुरीमा सामुदायिक वन दिवसको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सप्पन्न


गजुरीमा सामुदायिक वन दिवसको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सप्पन्न

“सामुदायिक वनको प्रभावकारिता,तिनै तहका सरकार र समुहको सहभागीता”सामुदायिक वन दिवसको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम गजुरी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धादिङको आयोजना, स्थानीय गाउँपालिका महासंघ गजुरी,धादिङको समन्वय, गजुरी गाउँपालिका धादिङ र डिभिजन वन कार्यालय धादिङको सहयोगमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो।

गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले कार्यक्रममा गजुरी गाउँपालिका भित्रका सामुदायिक वन जोगाउन विभिन्न चेतनामूलक कार्यक्रमहरु लेराउनु पर्ने,गाउँघरमा थाकल,खोस्टा,पराल,बासको चोयाबाट बन्ने सामाग्रीहरुले वन पैदावारमा ठुलो भूमिका खेल्छ।जिल्ला देखि स्थानीय तह सम्म सबै एकजुट भएर हरियाली बनाउन लाग्नु पर्ने छ।वृक्षरोपणले वन संरक्षणमा मात्र नभए बाढीपहिरो जस्ता प्राकृतिक प्रखोपबाट हुने क्षेती न्यूनीकरण गर्छ।

महासंघ २०५२ सालमा स्थापना भएको र अहिले सम्म धेरै कामहरु गर्दै अघि बढेको अवगत नै छ। हरेक वन समुहहरुको प्यान नम्बर अनिवार्य हुनुपर्ने,नविकरण नगरेका समुहहरुले छिट्टै नविकरण गरि तत्काल कर तिरेपछि समुहले लेखापरीक्षण बर्ष बर्षमा अडिट गर्नुपर्ने समेतडिभिजन वन कार्यालयले बताएका छ्न।

पालिका भित्र समिति बनाउदा स्थानीय हुनुपर्ने र अध्यक्ष सचीव कोषाध्यक्ष अत्यन्तै महत्त्वपूर्ण पात्र हो।त्यसैले जुजारु युवा सक्षम बनाउनु पर्ने कुराहरुमा समेत जोड दिएका छ्न।वन समिति अर्थात समुहहरु २२ हजार भन्दा बढी सन्चालनमा छ्न।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस