नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)

  • हाम्रो दैनिक
  • / सुचना प्रविधि /
  • २०८१ फागुन ३, शनिबार (३ हप्ता अघि)
  • १४० पटक पढिएको

नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)

फागुन,३ बिदुर । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसकोअवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् ।

शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो ।कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ।

गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेको गरेका हुन् ।

दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको भिडियोको छायाँकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ । मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीतलाइ स्वय गायकको युट्युब च्यानल गगन श्रेष्ठ(GAGAN SHRESTHA)मार्फत हेर्न सकिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस