कमलपोखरी ग्यास सिलिण्डर विस्फोट प्रकरण, अर्का एकजनाको मृत्यु

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन ४, आईतबार (३ हप्ता अघि)
  • ११३ पटक पढिएको

कमलपोखरी ग्यास सिलिण्डर विस्फोट प्रकरण, अर्का एकजनाको मृत्यु

काठमाडौं : कमलपोखरीस्थित एक मःम पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका ढुङ्खर्क घर भभई कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको गएराति करिब पौने १२ बजे उनको मृत्यु भएको हो ।

यससँगै ग्यास सिलिण्डर विस्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि गत सोमबार दुईजनाको र शुक्रबार एकजनाको मृत्यु भएको थियो।मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै उदयपुरका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

गत माघ २४ गते बिहान पौने ९ बजेको समयमा  ग्यास सिलिण्डर विस्फोट भएको थियो। विस्फोटमा परी १४ जना घाइते भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस