आकाश र करुणा अभिनित ‘न्यानो स्पर्श’ सार्वजनिक (भिडियो)

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन ४, आईतबार (३ हप्ता अघि)
  • १४९ पटक पढिएको

आकाश र करुणा अभिनित ‘न्यानो स्पर्श’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ। आर बी खड्काको शब्दरचना र सुवास सेंचुरीको संगीत रहेको गीतमा ‘भ्यालेन्टाइन डे’को अवसर पारेर शुकबार सार्वजनिक गरिएको हो।

पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ र पेज थापाको अभिनय रहेको म्युजिक भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

पहिलो पहिलो प्रेममा परिरहेको बेला मन खेलिरहेको भावनालाई भिडियोमा देखाइएको छ । बुद्ध थापाको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालको अफिसियल युट्युब च्यानल रमन धिमाल ( Raman Dhimal ) मार्फत सार्वजनिक गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस