प्रेस सेन्टर बागमती प्रदेशको अध्यक्षमा ध्रुव अधिकारी र उपाध्यक्षमा राजन अधिकारी चयन


प्रेस सेन्टर बागमती प्रदेशको अध्यक्षमा ध्रुव अधिकारी र उपाध्यक्षमा राजन अधिकारी चयन

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी सर्वसम्मत भएका छन् भने धादिङका राजन अधिकारी उपाध्यक्षमा चयन भएका हुन्।प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौ अधिवेशन सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी बिच रिसोर्टमा सम्पन्न भएको हो।

निर्वाचित समावेशीमा उपाध्यक्ष गौतम जिरेल, महिला उपाध्यक्ष अञ्जली तामाङ, महासचिव नविन श्रेष्ठ, खुला सहसचिव सुमन गैरे, खुला सचिव मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिव भावना रिजाल, दलित सचिव गम्भीर बिक, कोषाध्यक्ष राजेन्द्र गजुरेल रहेका छन्।

भने लेखा संयोजकमा बाल गोविन्द न्यौपाने तथा अनुशासन आयोग संयोजकमा मिना श्रेष्ठ चयन भएकी छिन् ।समितिको सदस्यहरूमा यादव चौलागाईँ, उमेश राई, सरला अधिकारी, रुपा गुरुङ लगायत चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नी सापकोटाले बिश्वका विभिन्न पत्रकारहरुको उदाहरण दिदैँ पत्रकारीता सबैभन्दा चुनौतीपूर्ण पेशा रहेको तर परिवर्तनकारी भुमिकामा सधै अग्रभागमा रहदैँ आएको उल्लेख गर्नुभयो ।

पत्रकारिता जगतलाई सशक्त बनाउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न, तथा पत्रकारहरूको हकहित सुनिश्चित गर्न नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास छ। निष्पक्ष, जिम्मेवार, र सत्यतथ्यमा आधारित पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने प्रेस सेन्टर नेपाल बागमती प्रदेशका निवर्तमान अध्यक्ष यदुनाथ गौतमले बताउनुभयो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस