सरकारले नेपाल विद्युत प्राधिकरणका घिसिङमाथि लाञ्छना लगाउने काम बन्द गर्न माओवादीको चेतावनी


सरकारले नेपाल विद्युत प्राधिकरणका घिसिङमाथि लाञ्छना लगाउने काम बन्द गर्न माओवादीको चेतावनी

शुक्रवारबाट काठमाडौँको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रबन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैँले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो।

भ्रष्टाचारविरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकले हवाई र बस दुर्घटनामा परेकाहरुलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

दुवै दुर्घटनामा परी ठूलो धनजनको क्षति भएकाले राहतसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई भनिएको प्रवक्ता सापकोटाले बताए। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिलले राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिएका थिए।

उनले संक्रमणकालिन न्याय सम्बन्धि  विधेयकमा दलहरुबीच सहमति भएर अघि बढ्ने कुरा सुखद् भएको पनि बताउन भएको प्रवक्ता सापकोटाले बताए।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस