एमसीसी स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई विप्लवले दिए धन्यवाद

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन ११, आईतबार (३ हप्ता अघि)
  • ८४ पटक पढिएको

एमसीसी स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई विप्लवले दिए धन्यवाद

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मार्फत महासचिव सीले एमसीसी परियोजना सधैंका लागि खारेज गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं ।’

एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै आएको महासचिव विप्लव बताउँछन् । एमसीसीबारे चर्चा सुरु भएकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आएको पनि स्मरण गरेका छन् ।

एमसीसी अमेरिकी रणनीति भएको पनि उनले बताएका छन् । उनी अगाडि लेख्छन्, ‘एमसीसी कम्प्याक्ट हिन्द-प्रशान्त रणनीतिको अंग हो । एमसीसी कम्प्याक्टमार्फत देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबर्जस्त मत रहँदै आएको छ ।’

गत जनवरीमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा पदभार समालेपछि ट्रम्पले विदेशमा गरिने आर्थिक खर्च र सहायताको प्रभावकारिता एवम् निरन्तरताको विषयमा केन्द्रित भएर कार्यकारी आदेशमार्फत कटौती गरेका छन् । २० जनवरी २०२५ अर्थात, ७ माघ २०८१ मा वैदेशिक विकास सहायतालाई तीन महिना ९० दिन का लागि स्थगन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको हस्ताक्षर आदेश सम्बन्धित निकायबाट जारी भएपछि विश्वभर एक किसिमको हलचल र तरंग पैदा भएको छ । नेपालमा पनि त्यसले प्रभाव पारेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस