गजुरीको आदमघाटमा करेन्ट लागेर ४ वटा बाख्रा मरेकाे छ भने गोठालो घाइते


गजुरीको आदमघाटमा करेन्ट लागेर ४ वटा बाख्रा मरेकाे छ भने गोठालो घाइते

गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित आदमघाटको बेल्खु नजिक चार बाख्रा सहित १ जना मानिस घाइते भएको छ।

गल्छी गाउँपालिका वडा नं.८ स्थायी घर भइ हाल गजुरी गाउँपालिका वडा नम्बर ६ बस्ने केशव सार्कीको छोरा बाख्रा चराउने क्रममा करेन्ट लागेपछि बचाउदा जाँदा करेन्ट पछि उपचारको लागि कीर्तिपुर बन हस्पिटल काठमाडौँ लगिएको छ।

आइतबार नेपाल विद्युत प्राधिकरण गजुरी वितरण केन्द्रका अनुसार बिहान १० बजे देखि विधुत सेवा अवरुद्ध भएको हो।भने विधुत मर्मत कार्य तीब्र गतिमा भैरहेको छ।आज पाँच बजे सम्म बिजुली सेवा सुचारु हुने बिधुत प्राधिकरणले जनाएको छ।

देविघाट सवस्टेशन देखि रातमाटे सरस हुदै धादिङ आएको ३३ के.भि प्रशारण लाइनको जहरे सवस्टेशनमा रहेको गजुरीको आदमघाटमा करेन्ट लागेर चार बाख्रा सहित गोठालो केशव सार्कीको छोरा घाइते भएको  समाजसेवी सुर्य बहादुर तामाङले बताए।

आइतबार नेपाल विद्युत प्राधिकरण गजुरी वितरण केन्द्रका अनुसार बिहान १० बजे देखि विधुत सेवा अवरुद्ध भएको हो।भने आज पाँच बजे सम्ममा बिजुली सेवा सुचारु हुने बिधुत प्राधिकरणले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस