दोस्रो गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


दोस्रो गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धादिङ। गजुरी गाउँपालिकाको आयोजना, गजुरी ब्याडमिण्टन क्लवको सह-आयोजना र नेपाल व्याडमिन्टन संघ काठमाडौं प्राविधिक सहयोगमा फागुन ८ गतेदेखि जारी दोस्रो गजुरी अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शनिबार गजुरी गलौंदी स्थित कभर्ड हलमा सम्पन्न भएको छ ।

प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, राष्ट्रिय ९० प्लस पुरुष युगल, राष्ट्रिय पुरुष युगल ‘बी’, जिल्ला स्तरीय पुरुष युगल ‘बी, जिल्ला स्तरीय पुरुष युगल ‘सी’ र खुल्ला जनप्रतिनीधि स्तरीय विधामा प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रिय पुरुष युगल तर्फ: प्रनिश सिंह ठकुरी/भोज ब. गुरुङ्ग (एपीएफ) प्रथम, राम मल्ल ठकुरी/सुजन थापा (धादिङ) द्वितीय,सान्तोना पविन लिङ्थेप+ बिधान अधिकारी दिपक राना + जेनिश शेरचन,राष्ट्रिय ९० प्लस पुरुष युगल तर्फ: राजकुमार श्रेष्ठ/भीषण श्रेष्ठ धादिङ प्रथम, सन्जय गोपालि/अनिल ताम्सुहाङ (एपीएफ) द्वितीय, सान्तोना राजेन्द्र महर्जन/ प्रकाश राइ र चन्दन घले/ बिनय लामिछाने नुवाकोट,राष्ट्रिय पुरुष युगल ‘बी’ तर्फ: जोन जसराज/सक्क्षम ढकाल प्रथम, निर्दिस्ट अधिकारी/जेनिस अमात्य द्वितीय, सान्तोना आशिस राना मगर/अस्विन थापा मगर र अमृत थाप/ राजेश महर्जन,जिल्ला स्तरीय पुरुष युगल ‘बी’ तर्फ: अमृत थापा/ बुद्धि बहादुर थापा धादिङ प्रथम, निर्दिष्ट अधिकारी/ निस्चल श्रेष्ठ धादिङ द्वितीय, सान्तोना गोबिन्द श्रेष्ठ/आशिष राना मगर गजुरी र रमेश गुरुङ/आकाश गुरुङ गजुरी जिल्ला स्तरीय पुरुष युगल ‘सी’ तर्फ: राकेश तामाङ/बिनोद बानिया प्रथम, सन्जय श्रेष्ठ/ कुमार मगर द्वितीय, सान्तोना कपिन्द्र अधिकारी/बानिया रुपेन्द्र र भिम प्र श्रेष्ठ/आयुष मगर,खुल्ला जनप्रतिनीधि स्तरीय तर्फ: राम राइ/ गोबिन्द राम राइ ओखलढुंगा प्रथम, गणेशलाल श्रेष्ठ/राजकुमार श्रेष्ठ धादिङ द्वितीय, सान्तोना प्रल्हाद सापकोटा/ लोसन तामाङ चितवन र भोला राइ/ सुधीर राइ ओखलढुंगा ले जित हासिल गरेको हो।

भने विजेता हुने खेलाडीहरुमा राष्ट्रिय पुरुष युगल: प्रथमलाई ६६ हजार ६६६, द्वितियलाई ४० हजार र तृतीयलाई २६ हजार ६६६,राष्ट्रिय ९० प्लस पुरुष युगल: प्रथमलाई ४६ हजार ६६६, द्वितियलाई २६ हजार ६६६ र तृतीयलाई २६ हजार ६६६,राष्ट्रिय पुरुष युगल ‘बी’: ४६ हजार ६६६, द्वितियलाई २६ हजार ६६६ र तृतीयलाई २६ हजार ६६६,जिल्ला स्तरीय पुरुष युगल ‘बी’: प्रथमलाई ३३ हजार ३३३, द्वितियलाई २० हजार र तृतीयलाई १३ हजार ३३३,जिल्ला स्तरीय पुरुष युगल ‘सी’: प्रथमलाई २० हजार, द्वितियलाई १३ हजार ३३३ र तृतीयलाई १३ हजार ३३३,जनप्रतिनीधि: प्रथमलाई ३३ हजार ३३३, द्वितियलाई २० हजार र तृतीयलाई १३ हजार ३३३३,पुरस्कार प्रदान गरिएको गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा स्रोत शिक्षक सुजन भण्डारीले बताए।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले गजुरी गाउँपालिकासँग सहकार्य गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ।यसै क्रममा, अध्यक्ष तामाङले गजुरीमा फुटबल, भलिबल, एथलेटिक्स, कराते,ब्याडमिन्टन र अन्य खेलहरूलाई प्राथमिकता दिइने जानकारी गराउनु भयो।

जिल्ला खेलकुद विकास समिति धादिङले विद्यालयस्तरीय खेलकुद कार्यक्रम, जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना, खेल सामग्री वितरण, र खेलाडी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको समेत तामाङले बताए।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खेलकुद क्षेत्र मात्र नभई समग्र विकास निर्माणमा फड्को मारिरहेको उल्लेख गर्दै, खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल पूर्वाधार निर्माण, तथा विभिन्न खेल प्रतियोगिताहरू आयोजना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

अध्यक्ष श्रेष्ठले स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्न तथा नयाँ खेल पूर्वाधार निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभएको छ।

गजुरीमा स्थानीय तथा जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरूको आयोजना हुँदै आएको छ। खेलकुदलाई प्रवर्द्धन गर्नका लागि पालिकाले आवश्यक स्रोतसाधन जुटाउने तथा नयाँ खेल पूर्वाधार निर्माण गर्ने योजना बनाइरहेको छ।

गजुरी गाउँपालिका द्वारा आयाेजित “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” दोस्रो गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङकाे प्रमुख आतिथ्यता तथा गजुरी व्याडमिन्टन क्लबका अध्यक्ष पदम राज अधिकारी को सभाध्यक्षता र गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको विशेष आतिथ्यता साथै अन्य खेलकुद प्रेमीहरूकाे उपस्थितिमा विजेता खेलाडीहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण  कार्यक्रम समापन गरिएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस