नेपाल बार एसोसिएसन चुनावः डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन १३, मंगलबार (१ दिन अघि)
  • ३७ पटक पढिएको

नेपाल बार एसोसिएसन चुनावः डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

काठमाडौंः यही चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारीको टुंगो लगाउनु केही घण्टा अघि मंगलबारसम्म खनालको मात्र दावेदारी परेको हो ।बारले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ । बारमा यसअघि जस्तै प्रगतिशिल र प्रजातान्त्रिक खेमा बन्ने देखिएको छ । प्रजातान्त्रिक खेमाभित्र एक दिन अघिसम्म पनि खनालको मात्र दावेदारी परेकाले उनको दावेदारी प्रबल रहेको देखिएको छ ।

वरिष्ठ अधिवक्ता खनाल यसअघि डिएलएको अध्यक्ष रहिसकेका छन् । आफू नेतृत्वमा रहँदा कानुन व्यवसायीहरुको क्षमता विकास, लोकतान्त्रिक पक्षधर मुद्दाहरुमा गरेको वकालत आदि कारणले आफूले संगठनबाट समर्थन प्राप्त हुने अपेक्षा गरेको खनालले बताए । खनाल यसअघिका बार अधिवेशनमा समेत अध्यक्षका लागि संगठनभित्र दावेदार थिए ।

यसपाली संगठनभित्रैबाट दबाब आएकाले आफू मैदानमा उत्रन लागेको खनालले बताए ।डिएलएका अनुसार संगठनले मंगलबार उम्मेदवारको नाम टुंगो लगाउनेछ । अरु कसैको दावेदारी नपरेमा खनाल नै उम्मेदवार हुने डिएलए निर्वाचन तयारी समितिका एक सदस्यले बताए । अरुको पनि आकांक्षी परेमा पनि सहमतिमै नाम तय हुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस