प्रेमनाथ लामिछाने।गजुरी-५,धादिङ।
जिन्दगीले तिमिलाई नै रोज्यो भनि अचम्म नठान्नु माया ।
मध्य राती सपनीमा तिमिलाई नै खोज्यो भने अचम्म नठान्नु माया । थाहा नपाई तिम्रो र मेरो नाता जोडियो रे हिजो आज मेरो बारेमा कसैले तिमिलाई सोध्यो भने अचम्म नठान्नु माया ।
उही एक चन्द्र छुने लक्ष्य लिनु है माया।
मेरा लागि एक उत्कृष्ट उपहार बनिदिनु है मायाः
तिमि तिरे यो मन आकर्षित भयो खै के गर्नु अब ।
दुई मुटु एक हुन सहर्स्ष स्विकार्नु है माया
प्रेमको आभाष हुन थाल्यो तिमिसंग बोलेदेखी।
मनै हलुको हुन थाल्यो मनको पिडा खोलेदेखी।
प्रेमले धनि गरिव केही भन्दैन रेेेछ यहाँ ।
कोही फिँदा हुँदा रेछन हामी जस्ता झोलेदेखी।