अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन भाद्र १५ गते हुने-अध्यक्ष विनोद आचार्य


अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन भाद्र १५ गते हुने-अध्यक्ष विनोद आचार्य

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन आगामी भाद्र १५ गते गर्ने भएको छ ।

कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष विनोद आचार्यको अध्यक्षता,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका जिल्ला पार्टी सचिव दिपक लामिछाने सुबोधको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज उपेन्द्र जम्कट्टेलको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको छ।

शनिबार अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन आगामी भाद्र १५ गते धादिङबेशीमा गर्ने निर्णय भएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विनोद आचार्यले हाम्रो दैनिकलाई बताउनुभयो।

नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव दिपक सुबोध लामिछाने-अखिल क्रान्तिकारी धादिङको पहिलो स्ववियु निर्वाचनमा पहिलो भएको निर्वाचन हो।युवाहरु राजनीतिक पार्टीमा आवद्ध हुने र राजनीति देशको मुल निति हो।यसलाई फोहोरी बनाउन खोजिएको छ।राजनीति फोहोरी खेल होइन।युवाहरूले देशको नेतृत्व गर्ने,सक्षम विद्यार्थी धादिङ जिल्लाबाट अब नेतृत्व गरेर अघि बढ्छ। धादिङका युवाहरु यो देशको खबरदारी गर्न आउदैछ्न।

आज जिल्ला पार्टी कार्यालय धादिङबेशीमा बसेको बैठकको निर्णयले सम्मेलनको लागि विभागीय जिम्मेवारी समेत तोकेको छ । जसको आर्थिक विभागमा विनोद आचार्यको संयोजक रहने गरि तीन सदस्य, राजनैतिक तथा प्रतिवेदन लेखनमा उपेन्द्र जम्कट्टेलको संयोजकमा ४ सदस्य, प्रचार प्रचार विभागमा गजेन्द्र गुरुङको संयोजकमा ५ सदस्य, मञ्च व्यवस्थापनमा ईश्वरी प्रसाद आचार्यको संयोजकमा तीन सदस्य, यातायात तथा जन परिचालनमा विवेक पोखरेलको संयोजकमा तीन सदस्य रहने गरि निर्णय कार्य विभाजन गरेको केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज उपेन्द्र जम्कट्टेलले बताउनुभयो।

जिल्ला स्तरीय अखिल क्रान्तिकारी धादिङको सम्मेलनलाई सभ्य भव्य बनाउन पार्टीका विभिन्न सङगठन, आम न्यायप्रेमी विद्यार्थी वर्गमा सहयोगको लागि अपिल समेत क्रान्तिकारीले गरेको छ।गाउँपालिका स्तरीय सम्मेलन भाद्र १० गते भित्र भ्याउन सबै पालिका अखिल क्रान्तिकारी इन्चार्जलाई समेत निर्देशन दिएका छ्न।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस