गजुरीको भीमसेनथानमा नेवार समुदायको गुठी पूजा सम्पन्न

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन २७, मंगलबार (१ दिन अघि)
  • २९४ पटक पढिएको

गजुरीको भीमसेनथानमा नेवार समुदायको गुठी पूजा सम्पन्न

धादिङ २७ फागुन।गजुरी गाउँपालिका वडा नं. १ स्थित भीमसेनथानमा नेवार समुदायले गुठी पूजा सम्पन्न गरेका छ्न्।

नेवार समुदायको गुठी प्रणाली परम्परागत धार्मिक तथा सामाजिक संरचना हो, जसले मठमन्दिरहरूको संरक्षण र धार्मिक -सांस्कृतिक कार्यहरू सञ्चालन गर्ने योजना रहेको गजुरी गाउँपालिका नेवा:दय दवुका सदस्य श्रेष्ठले बताए।

भीमसेनथानमा मनाइएको गुठी नेवार समुदायका लागि महत्वपूर्ण देवता हुन्। गुठी पूजामा गुठीका सदस्यहरू सामूहिक रूपमा भेला भई पूजा-अर्चना गर्छन्, प्रसाद ग्रहण गर्छन्, र समुदायका पुराना परम्पराहरूलाई निरन्तरता दिन्छन्।

यस अवसरमा सुजित दास श्रेष्ठ, राजिव दास श्रेष्ठ, र बृजेश दास श्रेष्ठ लगायत सहभागी भएका थिए।भने पुरुषोत्तम दास श्रेष्ठ, इन्द्र दास श्रेष्ठ, मनोहर दास श्रेष्ठ जस्ता अग्रजहरूले गुठी पूजा नेवार दास समुदायको परम्परागत धार्मिक अनुष्ठान हो।

गुठी प्रणालीले समुदायमा एकता, आर्थिक व्यवस्थापन, र सांस्कृतिक पहिचानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। गजुरी क्षेत्रमा पनि यस्ता परम्परागत अभ्यासहरू जोगाइ राखेको र अब आउने दिनमा नेवार समुदायलाई समेत जोडेर पुजा आर्जना गर्ने गजुरी गाउँपालिका नेवा:दय दवुका सदस्य  निराजन दास श्रेष्ठले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस