अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा र्‍याली गजुरीमा भब्यताका साथ सप्पन्न


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा र्‍याली गजुरीमा भब्यताका साथ सप्पन्न

आज अन्तर्राष्ट्रिय युवा दिवस, धादिङको गजुरी बजारमा क्रियशन नेपाल र स्वतन्त्र विद्यार्थी युनियन आदर्श बहुमुखी क्याम्पस गजुरीको सह-आयोजनामा र्‍याली सहित युवाहरुले फोहोर ब्यबस्थापनमा समेत जोड दिदै कार्यक्रम समापन गरेको हो।

“दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि”भन्ने मूलनारा सहित यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवस गजुरीका युवाहरुले मनाएका छ्न।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्लेकार्ड बोकेर गजुरी बजारमा र्‍याली आदर्श बहुमुखी क्याम्पस गजुरीका विद्यार्थी र धादिङ बहुप्राबिधिक शिक्षालयका विद्यार्थी,युवा क्लबहरु सहभागी भैई कार्यक्रम भब्यताका साथ सफल पारेको हो।

गजुरी गाउँपालिकाका युवा नेतृत्वका टिमले विभिन्न रेडक्रसका रक्तदान,लगायत खेलकुद क्षेत्रमा कार्यक्रम मात्र नभइ सरसफाइ मा समेत लाग्दै आएका छ्न।

कार्यक्रममा हरियाली गजुरी बनाउने,कुहिने नकुने फोहोर छुट्टाछुट्टै ब्यबस्थापन गर्नुपर्ने,कुहिने फोहोर बाट कम्पोष्ट मल बनाउन सकिने,खोला नाला सफा राख्नुपर्ने जस्ता सचेतमुलक र्‍याली पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा प्रदर्शन गरि भब्यताका साथ समापन साथ युवाहरुले नेतृत्व लिगेर अघि बढ्ने बेला आएको छ।

आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो। सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसङ्घको ५४ औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको समेत क्रियशन नेपाल गजुरी गाउँपालिका स्वयंसेवक पुजा डल्लाकोटिले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस