काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल सार्वजनिक संस्था कर्मचारी संघअन्तर्गत नेपाल टेलिकम श्रमिक युनियनले होली विशेष कार्यक्रम सम्पन्न गरेको छ।
बिगत २५ वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको यस कार्यक्रममार्फत युनियनले आफ्ना पदाधिकारीहरूबीच एकता, सद्भाव र समन्वय कायम राख्दै धर्म, संस्कृति र संस्कारको संरक्षण गर्ने उद्देश्य राखेको नेपाल टेलिकम श्रमिक युनियनका अध्यक्ष सुरेश रौनियारले बताए।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरू, राष्ट्रिय संघका अध्यक्षहरू, साथै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न तहका श्रमिक नेतृत्वसमेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो।
नेपाल ट्रेड युनियन कांग्रेसकी महिला उपाध्यक्ष राधिका कुइकेल खनालले श्रमिक ऐनमा उल्लेखित ‘८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन’ को अवधारणाअनुसार बेलाबेला आयोजना गरिने यस्ता सांस्कृतिक कार्यक्रमहरूले श्रमिकहरूको मनोबल बढाउने र युनियनप्रति सकारात्मक भावना विकसित गर्ने बताइन्।