काठमाडौं । ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ तथा राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ कार्यक्रम गत फागुन २७ गते भव्य रूपमा सम्पन्न भएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक सुरज थापाले गरेका थिए।
अष्ट सम्मान २०८१ कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरियो। सम्मानित व्यक्तिहरूमा सामाजिक अभियन्ता अनुराधा कोइराला, गायक आनन्द कार्की, विमान विज्ञ भावना पन्त, सञ्चारकर्मी जगदीश खरेल, नेपालकी पहिलो एक खुट्टा नर्तकी रोमा न्यौपाने, वातावरण संरक्षक राजेश कटवाल, युवा व्यवसायी रमेश भुजेल, र उदयमान मोडल सोनिया चाम्लिङ राई रहेका थिए।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापा, एस्पायर सर्भिस एचआरका प्रबन्ध निर्देशक दिवस राज भट्टराई, एसियन युथ इन्स्पिरेशन अवार्ड विजेता बैंकर सास्वत कार्की, तथा मेमोरी किङ विजय शाहीजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, राइट पाथ मिस ग्रेस एयर होस्टेस प्रतियोगितामा प्रतिभाशाली सहभागीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। प्रतियोगिताको उपाधि लसता महर्जनले जितिन्, जसले मिस ट्यालेन्ट र बेस्ट वाकको उपाधि पनि हासिल गरिन्। प्रथम रनर–अप सुनिषा गुरुङ भइन्, जसले बेस्ट चिरायु स्माइल र बेस्ट हेयरको अवार्ड पनि प्राप्त गरिन्। दोस्रो रनर–अप स्मारिका सुवेदी भइन्, जसले मिस इन्टरटेनर र मोस्ट कन्फिडेन्टको उपाधि पनि जितिन्।
कार्यक्रममा बिन्द्रा प्रजापति, अर्शु महर्जन, अनिता श्रेष्ठ प्रजापति, कबी राज थापा, सबिन खाडा, हिसे शेर्पा, अंकित मल्ल, सबिना राउत, र एन्जेला लामाजस्ता व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको थियो।
कार्यक्रमका शीर्षक प्रायोजक राइट पाथ करियर काउन्सिलिङ थियो भने क्युपिड फोटो स्टुडियो, एस्पायर एचआर सेवा, सुइट माला, फुरलिमा फाउन्डेसन, थग लाइफ नेपाल, एन येओङ चिकेन, द भ्यालेन्टिनटो बुटिक, राज ब्यूटी एकेडेमी, र इन्स्टाइल युनिसेक्स सैलूनजस्ता संस्थाहरू सह–प्रायोजक तथा साझेदारका रूपमा जोडिएका थिए।
ग्रेस इभेन्ट्सले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरू, विजेताहरू, साझेदारहरू, प्रायोजकहरू, मिडिया हाउसहरू तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेको छ। आयोजकका अनुसार अष्ट सम्मान २०८१ तथा राइट पाथ मिस ग्रेस एयर होस्टेस प्रतियोगिता नेपालका उत्कृष्ट तथा लोकप्रिय कार्यक्रमहरूमध्ये एक बन्न सफल भएको छ।