गजुरी बजारको विभिन्न स्थानमा जेब्रा क्रसको मर्मत कार्य हुँदै


गजुरी बजारको विभिन्न स्थानमा जेब्रा क्रसको मर्मत कार्य हुँदै

धादिङको गजुरी गाउँपालिका वडा नं. १, गजुरी बजारको आदर्श चोक र मुनाल चोक लगायत विभिन्न स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जेब्रा क्रसिङको मर्मत गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङका प्रमुख सुरज श्रेष्ठ स्वयं उपस्थित भई उक्त जेब्रा क्रसमा रङ लगाउनु भएको हो।पैदलयात्रीहरूको सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण यो कार्यले स्थानीय बासिन्दा र यात्रुहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

सडक जेब्राक्रस प्रष्ट देखिदाँ सडक नियम पालना, सुरक्षित यात्रा, र ट्राफिक व्यवस्थापन सुधारमा सकारात्मक प्रभाव पार्नेछ । स्थानीय व्यवसायी, चालक, र नागरिकहरूले पनि यो कार्यको प्रशंसा गरेका छन्।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस