धादिङबेशीमा अध्ययनरत सम्पर्क विहिन भएका ३ जना बालिका बाग्लुङ्गमा फेला


धादिङबेशीमा अध्ययनरत सम्पर्क विहिन भएका ३ जना बालिका बाग्लुङ्गमा फेला

गजुरी/धादिङबेशी निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सम्पर्क विहिन भएका ३ जना बालिका अहिले बाग्लुङ्गमा भेटिएका छन् ।

श्रावण २३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआई धादिङबेशी बिचबजारमा सपिङ र ब्युटिपार्लर गरेर मेकअप गरी नयाँ गेटअपमा हिंडेको समेत स्थानियले बताएका थिए।

निलकण्ठ मा.वि.को कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गको निगरानीमा छन् । धादिङ र बाग्लुङ प्रहरीले उनीहरुलाई खोजी गरी उद्धार गर्न सफल भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस