|{"data":{"pictureId":"74dfcbf05b7d454a8f86510714338ee5","appversion":"5.9.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","originAppId":"7356","exportType":"","editType":"","alias":"","enterFrom":"enter_launch","capability_key":[],"capability_extra_v2":{"filter":[],"imageeffect":[],"playfunction":[],"portrait":[]},"campaign_key":"","sub_campaign_key":"","campaign_token":""},"source_type":"hypic","tiktok_developers_3p_anchor_params":"{"client_key":"awgvo7gzpeas2ho6","template_id":"","filter_id":[],"capability_key":[],"capability_extra_v2":{"filter":[],"imageeffect":[],"playfunction":[],"portrait":[]}}"}
गजुरी, चैत्र ३१ – गजुरी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा ८ (आधारभूत शिक्षा) को परीक्षा नतिजा सार्वजनिक गरेको छ।
गाउँपालिकाभित्र सञ्चालित १७ विद्यालयहरूमध्ये १६ विद्यालयका ४७५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ४५७ जना उपस्थित भए र ३२५ जना विद्यार्थी सफल भएका छन्। समग्रमा ७१% विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन्।
मुनाल एकेडेमी,किरान्चोक मा.वि, र भद्रकाली गुरुकुल बिधाश्रम विद्यालयले शत प्रतिशत नतिजा हासिल गरेका छन्। त्यस्तै, आदर्श मा.विले सबैभन्दा धेरै ८१ विद्यार्थी सहभागी गराएकोमा ६९ जना उत्तीर्ण भएका छन्।
केही विद्यालयको नतिजा भने अपेक्षाकृत कमजोर देखिएको छ। किरान्चोक कटुन्जे मा.वि लगायतका माध्यमिक विधालयमा क्रमशः २४% मात्र विद्यार्थी सफल भएका छन्।
परीक्षा नतिजासँगै सम्बन्धित विद्यालयलाई नतिजा पठाइएको छ र पालिका कार्यालयले सम्वद्ध विद्यालयहरूलाई विवरण सहित राजश्व खातामा रकम जम्मा गर्न ७ दिनको समय दिएको छ।
गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल द्वारा हस्ताक्षरित सूचनामा विद्यालयहरूलाई थप निर्देशन पनि दिइएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |