गजुरी, धादिङ – गजुरी गाउँपालिका वडा नम्बर २ मा रहेका बिस्तापित ३४ घरधुरीका पीडितहरू हालै गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई भेट गरी आफ्नो अवस्था बारे जानकारी गराएका छन्।
बिस्तापित समुदायका अनुसार घरविहीन अवस्थामा रहेका उनीहरूले विगतदेखि नै बसोबासको लागि घर निर्माणमा आर्थिक सहयोगको माग गर्दै आएका थिए। अध्यक्ष श्रेष्ठले उनीहरूको गुनासो सुन्दै तत्काल राहत उपलब्ध गराउने आश्वासन दिनुभयो।
साथै, बिस्तापित समुदायका परिवारलाई गजुरी गाउँपालिकाबाट प्रारम्भिक राहत स्वरूप २०% विपद ब्यबस्थापन कोष खातामा तत्काल आफ्नो दाहित्व हाल्दिने भएको छ भने केन्द्रबाट ५०%बागमती प्रदेशबाट ३०% रकम बिस्तापित पीडितले जिल्ला प्रशासन कार्यालयमा घर निर्माणका लागि आवश्यक कागजपत्र पेश गरेपछि पहिलो, दोस्रो र तेस्रो किस्ता गरेर आउने भएको छ।
उहाँले जिल्ला प्रशासन कार्यालय (CDO) सँग समेत फोन सम्पर्क गरी ती बिस्तापितलाई यथासिघ्र सहयोग गर्न अनुरोध गर्नुभएको थियो।
बिस्तापित समुदायले अध्यक्ष श्रेष्ठको प्रत्यक्ष चासो र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएका छन् र गाउँपालिका सरकारबाट चाँडै राहत पुग्ने आशामा छन्।