(Untitled)

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ बैशाख ४, बिहिबार (१ दिन अघि)
  • २२ पटक पढिएको

Post Thumbnail

काठमाडौँ : वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।

बिहीवार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले युवा पिँढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौती र आवश्यकता भएको बताए। उनले आफूले २६ सयभन्दा बढी युवालाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अघि बढाएको दाबी गरे। उनले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा राखे।

मुख्यमन्त्री लामाले भने, ‘प्रदेशले स्किल म्यानपावर डेभलप गर्न सीटीइभीटीको कन्सेप्टबाट २६ सयभन्दा बढीलाई स्किल डेभलपको लागि काम अघि बढेको छ। त्यसले भोलिका दिनमा सीटीइभीटीबाट स्किल म्यानपावर डेभलप गरेर यहीँ काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता गरेको छु। अब नेपालमा बसेर धेरै काम गर्न सकिन्छ। धेरै आयआर्जन सकिन्छ। व्यवसाय गर्न सकिन्छ। अहिलेको इन्टरनेटको जमाना छ। युवा पिढीलाई नेपालमै आय आर्जन गर्नका लागि व्यवस्था मिलाउनु चुनौती छ।’

मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्य निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गरे। उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको धारणा राखे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

१ दिन अघि

(Untitled)

खोजी गर्नुहोस