धादिङ, बैशाख ७ – थाक्रे गाउँपालिका वडा नं. ६ मा किसानहरूलाई मकैको बीउ वितरण गरिने भएको छ। आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि शाखाद्वारा संचालन गरिने कार्यक्रममा “सि.पि. ८०८” जातको मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिने वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष हिरा बहादुर थापाद्वारा हस्ताक्षर सूचनामा मकै खेती गर्ने किसानहरूले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई बीउ लिन अनुरोध गरिएको छ। बीउ वितरण कार्यक्रम २०८२ बैशाख ११ गते, बिहिवार बिहान १० बजे वडा नं. ६ को वडा कार्यालयमा सम्पन्न हुने जानकारी दिइएको छ।
कृषि उत्पादन वृद्धि गर्न तथा किसानको आयस्तर उकास्नका लागि अनुदानमा बीउ वितरण कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ। भने थाक्रे गाउँपालिकाले विगत केही वर्षदेखि कृषिमा आधारित कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |