|{"data":{"pictureId":"d26fd4aaad7248f580de76a3b79f0270","appversion":"6.1.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","originAppId":"7356","exportType":"","editType":"","alias":"","enterFrom":"enter_launch","capability_key":[],"effect_type":"tool","effect_id":"tool"},"source_type":"hypic","tiktok_developers_3p_anchor_params":"{"client_key":"awgvo7gzpeas2ho6","template_id":"","filter_id":[],"capability_key":[]}"}
धादिङ, गजुरी — गजुरी गाउँपालिका कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले एक विशेष बैठक सम्पन्न गरिएको छ। गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न शाखाका प्रमुखहरू तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
बैठकमा कार्यालय समयभित्र हुने काम कारबाही, जनतालाई प्रदान गरिने सेवा/सुविधा, कर्मचारीको नियमितता, पारदर्शिता र जवाफदेहिताका विषयमा विस्तृत छलफल गरिएको हो।
अध्यक्ष श्रेष्ठले सबै शाखा प्रमुख तथा कर्मचारीलाई कार्यालय समयमै उपस्थित भई नागरिकलाई छिटो, सरल र गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो।
उहाँले भन्नुभयो, “गाउँपालिकाको मूल उद्देश्य नागरिकको सेवा हो। त्यसैले सबै कर्मचारीले आफ्नो जिम्मेवारी प्रति गम्भीर रहनुपर्छ। कार्यालय समयमा अनुपस्थित हुने, काममा ढिलाइ गर्ने प्रवृत्तिमा अब सहनशीलता देखाइने छैन।”
बैठकमा जनगुनासो समाधान, शाखागत समन्वय, सेवा प्रवाहमा हुने ढिलासुस्तीको विश्लेषण र अनुगमन प्रणाली सुदृढीकरणका विषयमा पनि निर्णयहरू गरिएका छन्।
गजुरी गाउँपालिका कार्यालयले निकट भविष्यमा सेवाग्राही सन्तुष्टि मापन र समयमै सेवा प्राप्तिका लागि ‘सेवा प्रवाह मापदण्ड’ तयार पार्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतले जानकारी दिनुभयो।
यस बैठकले स्थानीय तहको सेवा प्रणालीलाई अझ उत्तरदायी र जनमैत्री बनाउने दिशामा महत्वपूर्ण संकेत दिएको स्थानीयवासीहरूले बताएका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |