काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरण गर्न नीतिगत तथा भौतिक संरचना सुधार आवश्यक रहेको बताएका छन्।
भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै उनले भूकम्प रोक्न नसकिए पनि यसबाट हुनसक्ने जोखिम कम गर्न सकिने भएकाले सबैले ध्यान दिनुपर्ने बताएका छन्।
उनले शहरीकरणले भूकम्पीय जोखिम अझ बढाएको र मानवनिर्मित भौतिक संरचनाले जोखिम बढाएका कारण यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने धारणा राखेका छन्।
उनले नेपाल प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेका कारण आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन्।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई भूकम्प गएको १० वर्ष पूरा भएको छ ।