गजुरी गाउँपालिकामा YCL नेपालको दोस्रो पूर्ण सम्मेलन सम्पन्न, दिवाकर श्रेष्ठ अध्यक्षमा निर्वाचित


गजुरी गाउँपालिकामा YCL नेपालको दोस्रो पूर्ण सम्मेलन सम्पन्न, दिवाकर श्रेष्ठ अध्यक्षमा निर्वाचित

गजुरी, धादिङ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपालको दोस्रो पूर्ण सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले दिवाकर श्रेष्ठलाई गजुरी गाउँपालिका YCL अध्यक्षमा निर्विरोध रूपमा चयन गरेको छ।उपाध्यक्षमा डिल बहादुर तामाङ,ओम बहादुर लामा,सलिना सुबेदी,अक्कल तामाङ,दिनेश तामाङ,सचिव युवराज तामाङ,कोषाध्यक्ष इश्वर अधिकारी,सह-सचीव सुशील तामाङ,रामकुमार अधिकारी सहित ४५ सदस्यीय नयाँ गाउँपालिका कमिटी गठन गरिएको छ।

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री शालिकराम जम्कटेलले अब आउने ०८४ सालमा स्थानिय निर्वाचन देखि प्रदेश,संघमा माओवादीको लाल किल्ला हुने बताउदै राता सिपाहीहरु भष्टचारीहरु विरुद्ध आवाज उठाउन पछि नहट्न आग्रह गरेका छन्।

कार्यक्रममा बागमती प्रदेश YCL कमिटीका संयोजक साजन अधिकारी (ए नेगेटिभ) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिको रूपमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता माननीय शालिकराम जम्कट्टेल,गजुरी गाउँ कमिटी इन्चार्ज ध्रुव सुवेदी, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिकाका वडा अध्यक्षहरू तारानाथ भण्डारी (वडा १), गोबिन्द्र लामिछाने (वडा ५), भक्त बहादुर (कर्ण) तामाङ (वडा ६), बद्री प्रसाद जम्कट्टेल (वडा ७) र देवराज ओझा (वडा ८) लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सम्मेलनमा अतिथिहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठन सुदृढीकरण र युवाहरूको सशक्तिकरणमा यथासक्य योगदान पुर्‍याउन आग्रह गरेका थिए। कार्यक्रम भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको अन्त्यमा “नेकपा (माओवादी केन्द्र) जिन्दावाद”, “YCL नेपाल जिन्दावाद” र “वीर सहिदहरूलाई लाल सलाम” नारासहित सम्मेलन समापन गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस