गजुरीको जीवन ज्योति बाल विकास केन्द्रलाई आवश्यक सामाग्री तथा शैक्षिक सामग्री सहयोग

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ बैशाख १६, मंगलबार (९ घण्टा अघि)
  • १०९ पटक पढिएको

गजुरीको जीवन ज्योति बाल विकास केन्द्रलाई आवश्यक सामाग्री तथा शैक्षिक सामग्री सहयोग

गजुरी (धादिङ), २०८२ वैशाख १६ — गजुरी गाउँपालिका–१ मा अवस्थित श्री जीवन ज्योति बाल विकास केन्द्रलाई आवश्यक सामान तथा शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिएको छ।

अमेरिकामा बसोबास गर्दै आएकी नानीमैयाँ उप्रेतीकी छोरी भावना उप्रेतीबाट रु २५,०००, र अष्ट्रेलियामा रहेका जितबहादुर उप्रेती छोरी( निशा पौडेल)बाट रु ४०,००० बराबरको सहयोग प्राप्त भएको हो। साथै पौडेलबाट सुन्दर आधारभूत विद्यालयमा ३२ इन्चको टेलिभिजन पनि प्रदान गरिएको हो।

कार्यक्रम गजुरी गाउँपालिका वडा नं. १ का वडा सदस्य सुधीर खरेलको समन्वयमा सम्पन्न भएको हो। KIEC Pvt. Ltd. का राजेन्द्र रिजाल र नमिता श्रेष्ठकोसहयोगमा विद्यालयका लागि कापी र अन्य शैक्षिक सामग्री समेत वितरण गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष सरु भुजेलको अध्यक्षता,गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारीको प्रमुख आतिथ्यता,अतिथिमा सलिना लम्साल,धन कुमारी हमाल र रामकुमार नेपालको उपस्थिति रहेको थियो।

विद्यालयकी प्रधानाध्यापक लक्ष्मी उप्रेतीले सहयोगी दाताप्रति आभार व्यक्त गर्दै विद्यालयमा हुने यस्ता सहयोगहरूले बालबालिकाको सिकाइ प्रक्रियामा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो।

जीवन ज्योति बाल विकास केन्द्रलाई हस्तान्तरण गरिएका सामग्रीहरू यसप्रकार छन्:

सिलिण्डर – १ थान

डस्बिन – १ थान

स्टील बाल्टिनुमा भाँडा – १ थान

प्लेट – ५० थान

गिलास – ५० थान

कचौरा – ५० थान

चम्चा – ५० थान

पानीको जग – १ थान

भाँडा राख्ने झोला/सेट – १ सेट

माटोको होटर – २ थान

जार – १ थान

१० लिटरको प्रेशर कुकर – १ थान

स्वाद चक – १ प्याक

पुरी चूर्ण – १ प्याक

हसियाँ – ९ थान

चिया कप – २२ थान

सहयोग रकमसँगै विद्यालयलाई आवश्यक सामग्रीहरू समेत प्रदान गरिएको छ। कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सुधीर खरेलको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा KIEC Pvt. Ltd. का राजेन्द्र रिजाल र नमिता श्रेष्ठद्वारा कापी वितरण गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस