सबै मिलेर संविधान बनाएका हौं, परिमार्जन पनि मिलेरै गर्छौं: प्रधानमन्त्री ओली


सबै मिलेर संविधान बनाएका हौं, परिमार्जन पनि मिलेरै गर्छौं: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गरिने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा पनि सबै दलहरू मिलेर संविधान निर्माण गरिएकाले अहिले परिमार्जन गर्दा पनि सबै मिलेर गर्ने बताएका हुन्।

‘संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदैछैन। मिलेर बनाएको हो फेरि मिलेर कार्यान्वयन गर्छौं र परिमार्जन गर्छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले मनलाग्दी ढंगले संविधान संसोधन गर्न नखोजिएको पनि बताए। उनले लोकतन्त्र र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध भएको र आधारभूत विषयहरू संघीयता र लोकतन्त्रलाई परिमार्जन गर्न नखोजिएको बताए।उनले विकास, समृद्धी र जनतालाई सेवा दिने विषयमा बाधक बनेको विषय मात्रै संसोधन गर्न लागिएको बताए।

जहाँ विकासका लागि बाधक बन्छ त्यहाँ संसोधन गरिने हो। जहाँ जनतालाई सेवा दिन बाधा हुन्छ या समयानुकूल ढंगले अनुभवका आधारमा केही कुरामा परिमार्जन गर्नुपर्छ भने परामर्शका साथ सहमतिका साथ गरिनेछ,’ उनले भने।

उनले संसोधनका लागि जसोतसो दुई तिहाई पुर्‍यऔं भन्ने पक्षमा पनि सरकार नरहेको बताए।

‘संविधानको सर्वस्वीकार्यताको पक्षहरूलाई ध्यानमा राखेर सर्वस्वीकार्यता बनाउने प्रयास हो,’ उनले भने, ‘त्यसका लागि दलहरूका बीच, जनस्तरमा संविधानविदहरूका बीचमा छलफल गर्नुपर्ने विभिन्न आफ्ना  र अरू देशले के गरेका छन् त्यसलाई हेर्छौं। तर अरूको नक्कल होइन हाम्रो आवश्यकता अनुसार गर्छौं।’रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस