रसुवाको गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला सम्पन्न


रसुवाको गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा  मेला सम्पन्न

गजुरी/धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ मा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला सम्पन्न भएको हो ।

हरेक मानिस एक पटक पुग्नै पर्ने परिचयको प्रख्याती पनि पाएको छ। गोसाइँकुण्ड ४३८० मिटरको उचाईमा रहेको धार्मिक मात्रै होइन अन्य आत्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने स्थानको रुपमा प्रख्यात छ । त्यस आसपासमा रहेका भैरव कुण्ड, सरस्वती कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् ।

तीर्थयात्रीको उपचारका लागि धुन्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको थियो। मिनी गोसाईंकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

गोसाइँकुण्ड क्षेत्रमा बर्षेनी हजारौं हिन्दु धर्मावलम्बीहरु पुग्ने गर्दछन्।एकपटक घुम्नेहरु बारम्बार घुम्न रुचाउने गोसाइँकुण्डको विशेषता धेरै छन् । न हेरेर कहिले मन अघाउँछ, न त कोही घुमेर नै थाक्छ । जनैं पुर्णिमामा लाग्ने मेला गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम पनि हो ।

रसुवा सदरमुकाम धुञ्चेबाट फटाफट हिड्ने हो भने करिब १०/१२ घण्टा निरन्तर यात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । धुञ्चे बजाबाट हिड्नेहरु चन्दनबारी, चोलाङपाटी वा लौरी बिनायकमा बास बसेर भोलीपल्ट मात्रै कुण्ड पुग्न सक्छन् । नाकै ठोक्किने भीर र त्रिशुली नदिको जोखिमसँगै पौठेजोरी मोल्दै गोसाइँकुण्ड पुगेपछि सबै तनाव बिर्सने तिर्थ यात्री नवराज सुवेदी लगायत पर्यटकहरु अनुभव सुनाउँछ्न।

पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडाईंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भयो । त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने जनविश्वास छ ।

तामाङ समुदायको बसोवास रहेको यस क्षेत्रमा सो समुदायको वेशभूषा, रहनसहन र संस्कृतिले पर्यटकलाई थप आकर्षित गरेको छ । गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्यसमेत प्रदर्शन गरेका थिए।

प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखमा अवस्थित गोसाइँकुण्डमा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौं स्वदेशी तथा बिदेशी पर्यटकहरुको मन जित्दै आएको छ ।

अघिलो बर्ष चन्दनबारीसम्म पुगेको बिजुली अहिले चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुगेको रैछ।नेटवर्कको समस्या समाधान भने हुन अझै नसकेको त्यहाँका होटल ब्यबसायी बताउँछ्न।

गोसाइँकुण्डले राज्यलाई विश्वसामु चिनाएको तर राज्यले विकास गर्न आनाकानी गरिरहेको छ । राज्यले करोडौं खर्च गरेर अर्बौं लैजान सक्ने संभावना गोसाइँकुण्डमा छ तर त्यसको विकासमा भने चासो देखाइएको छैन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस