तनहुँको घाँसीकुवामा पहिरो जाँदा मुग्लिन-पोखरा सडक खण्ड अवरुद्ध


तनहुँको घाँसीकुवामा पहिरो जाँदा मुग्लिन-पोखरा सडक खण्ड अवरुद्ध

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक खण्ड अवरुद्ध भएको छ ।

व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि  वर्षा भइरहेको छ ।१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउनका लागि प्रहरी परिचालन भइसकेको समेत जानकारी आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस