बेनिघाट रोराङ गाउँपालिका र निलकण्ठ नगरपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट


बेनिघाट रोराङ गाउँपालिका र निलकण्ठ नगरपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट

नेपालभरका ४६० गाउँपालिकाहरू मध्ये पहिलो स्थानमा धादिङको  बेनिघाट रोराङ गाउँपालिका संस्थागत स्वमूल्यांकनमा देशमै उत्कृष्ट हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन रिपोर्ट अनुसार बेनिघाट रोराङ गाउँपालिका ८५.२५ अंक ल्याउँदै  देशभरमा पहिलो पालिका बन्न सफल भएको हो।

विभिन्न १०० वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ.व २०७९/०८० मा  गाउँपालिका मध्ये धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रथम हुन सफल भएको हो । बिहिबार उत्कृष्ट भएको  वेनिघाट रोराङ गाउँपालिकालाई मन्त्रालयका सचिव भरतमणि सुवेदीले उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मान पत्र प्रदान गरेका छ्न।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले ‘हामी शासक नभएर जनताको सुख दु:खको सारथी भएर काम निरन्तर गरिरहेका छौँ”नतिजा प्राप्त गर्नुमा सिंगो कर्मचारी परिवार र समग्र जनप्रतिनिधिहरूको प्रत्यक्ष रुपमा सहभागिता र कार्यशैलीका कारणले मात्र सम्भव भएको बताउनुभयो ।यस गाउँपालिकाको बेरुजु पनि शुन्य प्रतिशत रहेको बताएका छ्न।

कार्यक्रममा सम्मान पत्र ग्रहण गर्न वेनिघाट रोराङ  गाउँपालिकाका सरकार प्रमुख कृष्ण वहादुर थपलिया (विवेक), प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे तथा बरिष्ठ लेखा अधिकृत सन्तोष अर्याल र ईन्जिनियर प्रकाश सिलवाल उपस्थित भएका थिए ।

नीलकण्ठ नगरपालिका संस्थागत स्वमुल्यांकनमा देशकै उत्कृष्ट हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन रिपोर्ट अनुसार नीकलण्ठ नगरपालिका ९२.५० अङक ल्याएर उत्कृष्ट भएको हो  ।

उक्त कार्यक्रममा नेपालभरका स्थानीय तहहरूको सो मूल्याङ्कन गरी मन्त्रालयले नगरपालिकाहरु तर्फ बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लाको निलकण्ठ नगरपालिका पहिलो, दोस्रोमा रुपन्देहीको तिलोत्तमा नगरपालिका पर्न सफल भएको छ । त्यस्तै चितवनको रत्ननगर नगरपालिका तेस्रो उत्कृष्ट बन्न सफल भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस