यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र ७, शुक्रबार (७ महिना अघि)
  • १५९ पटक पढिएको

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही तथा कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस