चितवनमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर बस पल्टियो, २५ जना घाइते थप विवरण आउन बाकिँ

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र ७, शुक्रबार (२ महिना अघि)
  • ११६ पटक पढिएको

चितवनमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर बस पल्टियो, २५ जना घाइते थप विवरण आउन बाकिँ

चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर बस  पल्टिदा २५ जना घाइते भएको छ।

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार २५ जना यात्रु घाइते छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको चितवन प्रहरी जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस