धादिङको ससाहमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते


धादिङको ससाहमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते

धादिङको नीलकण्ठ नगरपालिका– ८ ससाहमा बस र माइक्रो ठोक्किँदा आठजना घाइते भएका छन् ।

धादिङबाट काठमाडौं जाँदै गरेको ना.७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ इभी भ्यान एक–आपसमा ठक्कर खाँदा माइक्रोमा सवार आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ। दुईजनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालका सूचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिनुभएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस