आदर्श बहुमुखी क्याम्पस गजुरीमा जिल्लामै पहिलो पटक लाइब्रेरी पुस्तकालय स्थापना


आदर्श बहुमुखी क्याम्पस गजुरीमा जिल्लामै पहिलो पटक लाइब्रेरी पुस्तकालय स्थापना

आदर्श बहुमुखी क्याम्पस गजुरीमा”पुस्तक दान, शिक्षित समाज निर्माण अभियान”१७ औं पुस्तकालय दिवसको अवसरमा आयोजित पुस्तक दान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,गजुरी गा.पा.उपाध्यक्ष शर्मिला बिशुराल,गजुरीका दोय अध्यक्ष तारानाथ भण्डारी,भक्त बहादुर तामाङ,आदर्श मा.वि.गजुरीका प्रधानाध्यापक सुरेश कुमार बस्नेत लगायत क्याम्पस शिक्षक/शिक्षिका बिद्यार्थीहरुको उपस्थितमा सप्पन्न गरिएको हो।

गजुरी गाउँपालिका सरकारको तर्फबाट यस क्याम्पसको लागि ४४ सेट लाइब्रेरी पुस्तकालयको लागि दान गर्नुभएको छ।क्याम्पस प्रती सहयोग गर्दै आइरहेको साथै धेरै राम्रो कामको सुरुवात गरेकोमा गजुरी गाउँपालिका सरकार प्रमुख एव गा.पा .अध्यक्ष गणेशलाल श्रेष्ठ लगायत गाउँपालिकासरकारलाई धन्यवाद समेत क्याम्पसले दिएको हो।

धादिङ जिल्लामै पहिलो पटक पुस्तकालय लाइब्रेरी स्थापना भएको र पुस्तक दान यस क्याम्पसको पुस्तकालयलाई ८०० को हाराहारीमा पुस्तक दान प्राप्त भएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले बताइन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस