गजुरी गाउँपालिका वडा नं.१ मा रहेको सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको एघारौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ।
शनिबार साधारणसभामा संस्थाका संचालक समितिका अध्यक्ष अरुण पराजुलीले सहकारीले गरेको उपलब्धी,भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए । सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
यसै संस्थाका ब्यबस्थापन बासुदेव सुबेदीले सहकारी संस्थालाई सही ढङ्गबाट सञ्चालन गर्न संचालक समिति र शेयर सदस्यको जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।
सदस्यले चासो नदेखाएका संस्था समस्यामा पर्ने गरेकोले शेयर सदस्यले आफ्नो संस्थाको बारेमा जानकारी लिन आग्रह गर्नुभयो।
गरिबी निवारण कोषबाट प्राप्त घुम्ती कोष अनुदान रकम निरन्तर दिगो ब्यबस्थित रुपले सन्चालन गर्ने,कृषि ब्यापार ब्यबसायलाई सहुल्यत कर्जामा ऋणा प्रबाह गर्ने, सामुदायिक संस्थाका सदस्यहरुलाई सिपमुलक तालिमहरु सन्चलन गर्ने, चेपाङ दलित पिछडिएका समुदायबाट प्रतिनिधित्व रहेको,कृषि पेशालाई आत्मानिर्भर पेशा को रुपमा सन्चालन सहयोग गर्ने साथै
सदस्य बचत रकमहरुलाई ब्यबस्थित गरिदिने यस संस्थाका उदेश्य रहेको ब्यबस्थापन सुबेदीले बताए।
साथै सामुदायिक संस्था सन्चालन तथा ब्यबस्थापन मुल्यांकनमा नबज्योती सामुदायिक संस्था गजुरी- १ प्रथम,कंकालिनी सामुदायिक संस्था गजुरी-३ दितिय, रातोमाते सामुदायिक संस्था गजुरी-२ तृतीय हुन सफल भएका संस्थालाई सम्मान पत्र वितरण गरे।
बिधालयहरुमा कपडा वितरण सगै एसइई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो ।
यस सहकारी मातहतमा गजुरी गाउँपालिका वडा १,२ र ३ मा २६ वटा सामुदायिक संस्था सन्चालन रहेको छ।सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको शेयर सदस्य ५०५ जना रहेको छ्न्।कार्यक्रममा उपस्थित सदस्य ३१९ जना रहेका थिए।
यस संस्थाको शेयर पुजि आ.व ०८०/०८१ सम्म रु.सैतिस लाख अठार हजार पाँच सय रुपैयाँ छ।भने ऋण लागानी रु.एक करोड दुई लाख उनान्नब्बे हजार एक सय सयानब्बे रुपैयाँ रहेको छ।यस संस्थामा बचत जम्मा रु. त्रिसट्ठी लाख एकहक्तर हजार चार सय बयाली रुपैयाँ रहेको छ।अन्य सम्पती तथा जायदात हिसाब रु. तेत्तीस लाख पच्पन्न हजार आठ सय बत्तीस रुपैयाँ छ भने ,अन्य कोष हिसाब रु.बीस लाख उनान्साठ्ठी हजार आठ सय बाह्र रुपैयाँ रहेको छ।
यस सहकारी संस्थाले गजुरी ३ का किसानहरुलाई रासायनिक मल नियमित रुपमा बिक्रि वितरण गरेको छ।भने २६ वटा सामुदायिक संस्थाहरुको नियमित मासिक बैठक सन्चालन समेत गर्दै आएको बताए।
गजुरी गाउँपालिका वडा नं.१ का समाजसेवी सुदिप रिजालले यस सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको भबन निर्माण गर्नको लागि साढे २ आना जग्गा दान स्वरुप गजुरी बजारमा उपलब्ध गराएको समेत संस्थाका ब्यबस्थापन बासुदेव सुबेदीले हाम्रो दैनिकलाई बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका माननीय मन्त्री मदु कुमर श्रेष्ठले सहकारीमा बदमास गर्न कसैलाई छुट नभएको र सहकारी मन्त्रालयले सबै सहकारीहरुको समस्या तत्काल थाहा पाउने गरि मन्त्रालय ले काम गरिरहेको बताए ।
मन्त्री श्रेष्ठले सहकारी पीडितका कुराहरु मन्त्रालयबाट फोन सम्पर्कमा समेत वास्तविक समस्या बुज्ने गरेको उहाँको भनाइ थियो।
यस सहकारी साच्चिकै मर्म उदेश्य अनुसार चलेको भनाइ राख्दै राम्रा सहकारी लाई सम्मान सहित पुरस्कृत र उदेश्य र कानुन भन्दा बाहिर गएर अन्य क्रियाकलाप गर्ने सहकारीलाई कानुनी कार्बाही गरिने साथै सहकारीमा रहेका खराब ब्यक्तिहरुलाई मन्त्रालय सग जोड्ने माध्यम आफुसग रहेको बताउनुभयो।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले यस पालिका भित्र धेरै सहकारी छ्न्।किसानहरूको समस्यामा आत्मनिर्भर बन्न नसकेका,शेयर सदस्यहरु कम भएका सहकारीलाई मर्च गरेर चलाउनु पर्नेमा जोड दिएका छ्न्।
गजुरी गाउँपालिका सरकारले कृषिमा धेरै बजेट छुट्याएको छ।सरकारले बजारीकरणको व्यवस्थापन गरिदिनुपर्छ,किसानहरुले यहाँ खेती गरिरहेका हुन्छन्’ उनले भने, ‘किसानहरुले उचित मूल्य पाइरहेका छैनन् ।’ वास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको बारम्बार बताउदै कृषिलाई पहिलो प्राथमिकता राखेको बताउनुभयो।
गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले कृषि कर्ममा लागेका किसानसँग भएका सीपलाई तिखार्दै लान आवश्यक रहेको बताउदै सरकारले कृषि क्षेत्र विकासका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमबारे तिनका घरदैलोसम्मै जानकारी पुर्याउन आवश्यक छ।
अब आधुनिक प्राविधिबाट गाउँ गाउँमा सिप सिकाउने,सगै रोजगारीको ब्यबस्थापन गर्न सके मात्र कृषिमा परिवर्तन आउँछ।नत्र यो परिवेशले बिलकुल कृषि क्षेत्रको विकास हुँदैन।त्यसैले अब जानकारीका लागि जाने आउने किसानले त्यस्तो खेतीपाती हेर्न पाउने र आवश्यक बीउ, बिरुवा लिएर जान पाउने व्यवस्था हुनुपर्ने मा गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारीले जोड दिए।
साथै गजुरी-३ का वडा अध्यक्ष ऋषि लाल श्रेष्ठ ,सुनदेवी अर्गानिक कृषि सहकारी ब्यबस्थापक गङगासागर नेपाल, जन आदर्श सहकारी अध्यक्ष रेशम लाल श्रेष्ठ , पुर्ब अध्यक्ष नारायण काजी सुवेदी, पुर्ब पुर्ब गा. पा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले मन्तव्य राख्नुभएको थियो।
शनिबार सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश सरकारका माननीय मन्त्री मदु कुमर श्रेष्ठको प्रमुख आतिथ्यता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको विशिष्ट अतिथि ,गजुरी गाउँपालिका उपाध्यक्ष बिशुराल,गजुरी-१ र ३ का वडा अध्यक्ष तारानाथ भण्डारी,ऋषिलाल श्रेष्ठ तथा अन्य सहकारी संस्था पदाधिकारी प्रतिनिधिहरुको अतिथ्यतामा एघारौं औं वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रम सप्पन्न गरिएको हो।
गरिबि निवारण कोषबाट गठन भएकोे सामुदायिक संस्था को सदस्य मात्र सहकारी संस्थाको सदस्य बन्न पाउने यो फरक प्रकृतिको सहकारी रहेको ब्यबस्थापन बासुदेव सुबेदीले बताए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |