बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ महादेवस्थान स्वास्थ्य चौकीमा लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीको आयोजनामा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।
मानवता हाम्रो प्राथमिकता भन्ने मुल नाराको साथ एक दिने स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीका अध्यक्ष कृष्ण प्रसाद ढकाल(शिशिर)ले बताए।
पुस १९ गते बिहान ९ बजेदेखी हुने स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा,बालरोग,स्त्री तथा प्रसुती,मानसिक रोग,मुख स्वास्थ्य,आँखा,जनरल सर्जरी,ईसिजी,युएसजी लगायतको सेवा प्रवाह गरिने आयोजकले जानकारी दिएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङको समन्वय,धादिङ अस्पतालको प्राविधिक सहयोग र बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा शिविर सन्चालन गर्न लागिएको हो ।
उक्त स्वास्थ्य शिविरमा सहभागी सम्पुर्ण स्थानिय बासी आमाबुबा दाजुभाइ दिदिबहिनीहरुमा सहभागी भई मौकाको फाईदा लिनुहुन आयोजकले सम्पुर्णलाई आग्रह गरेको छ ।