धादिङ ११ पौष बिहिवार।धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव समारोह सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षता,धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, नगर उपप्रमुख सुरज उप्रेतीको विशेष अतिथ्यता,अतिथि,विभिन्न संघ संस्थाका प्रतिनिधी, जनप्रतिनिधी, समाजसेवी राजनैतिक दलका प्रतिनिधी, पुर्व विव्यस समिती, अभिभावक विद्यार्थीहरुको भव्य सहभागीता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै नगर प्रमुख आचार्यले महादेवस्थान माध्यमिक विद्यालयलाई दक्षिणी पुर्वी धादिङ कै उत्कृष्ट शैक्षिक हबको रुपमा बिकास गरिने बताउनुभयो र अतिथिहरुले पनि यो विद्यालय जिल्लामै अब्बल विद्यालय रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्ब प्रधानाध्यापक सम्मान, पुर्ब शिक्षक सम्मान र एसईई सर्बोत्कृष्ट हुने बिध्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।त्यसै गरी विध्यार्थीहरुलाई तुलसा रुपाखेति स्मृति छात्रवृत्ति प्रदान , महादेवस्थान तेक्वान्दो एकेडेमीको खेल प्रदर्शन र कक्षागत रुपमा कक्षा २ देखि १० सम्मका विध्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरिएको थियो ।
त्यसै गरी विद्यालयका प्रधानाध्यापक केशबप्रसाद रुपाखेतिद्धारा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर राईले सञ्चालन गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न खेलकुदमा सहभागी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।