गजुरीको महेन्द्रोदय माध्यमिक बिधालयको ६४ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न


गजुरीको महेन्द्रोदय माध्यमिक बिधालयको ६४ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

गजुरी गाउँपालिका-३ राक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिधालयको ६४ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ।


बुधबार बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल विशिष्ट अतिथि अतिथि गजुरी गाउँपालिका प्रबक्ता एवम् गजुरी-७ वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, गजुरी १ र २ का दोय अध्यक्ष तारानाथ भण्डारी,द्रोण कडेल,गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल,महेन्द्रोदय माध्यमिक बिधालयका पुर्व प्रधानाध्यापक अणु राज पाठक,पुर्व शिक्षक प्रेम नाथ पाण्डे लगायतको उपस्थित रहेका थिए।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जिल्लाको नमुना विद्यालयको रुपमा पहिचान बनाइरहेको सन्दर्भमा विद्यालयमा देखिएका समस्याहरुलाई समाधान गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पालिका प्रमुख श्रेष्ठले विद्यालयको चौतर्फी विकासमा सबैको साथ र सहयोगको आवश्यकता रहेको र पालिका प्रमुखको हैसियतले विद्यालयको समस्या समाधान गर्न आफू चौबिसै घण्टा तयार रहेको बताउँदै पालिका भित्रका दुई ओटा किरान्चोक माध्यमिक बिधालय र यसै महेन्द्रोदय माध्यमिक बिधालयलाई आवासीय बिधालय बनाउन लाग्दै गर्दा गुणस्तरीय शिक्षामा विद्यालयले पनि जोड दिनुपर्ने बताए।

यस बिधालयमा राप्ती नगरपालिका निवासी स्वर्गीय टंकनाथ पाठकको नाममा उहाँको श्रीमती लुकुमाया पाठक सहित सह परिवार विद्यालयमा आएर बिधालय अक्षयकोषमा तीस हजार रुपैयाँ सहयोग गरेका छ्न्।भने बिधालय परिवारले सम्मान पनि गरेको प्रधानाध्यापक रमेश प्रसाद पाठले बताए।

बिधालयबाट बिषयगत उत्कृष्ट शिक्षकमा कक्षा-५ गणित बिषयमा ध्रुवलाल श्रेष्ठ,कक्षा-८ अङ्ग्रेजी विषयमा शान्ता रिमाल,कक्षा-१० सामजिक बिषय कृष्ण मान श्रेष्ठ ,कक्षा-१२ नेपाली बिषयमा उद्दव प्रसाद नेपाललाई सम्मान गरिएको प्रधानाध्यापक पाठकले बताउनुभयो।

यसैगरि उत्कृष्ट अभिभावक ECD बाट धन बहादुर मगर,कक्षा-१ देखि १२ सम्मका बिनोद मगर,हिरामाया श्रेष्ठ,हिल बहादुर तामाङ,लक्ष्मी मगर/सीता बस्नेत,आइतुमाया चेपाङ/अप्सरा पाठक,सबिता पाठक,बाल कुमारी मगर,हरि बहादुर बि.क,सम्झना चेपाङ/गिता बस्नेत,सरिता तामाङ,सन्च बहादुर तामाङ,मुनराज पाठक सम्मानित भएका हुन्न।

समारोहमा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद पाठकले यस बिधालयको जग्गा २५.१५ रोपनी क्षेत्रफलमा रहेको बताउँदै १ करोड ३४ हजार १७ रुपैयाँ बराबरको आय ,९७ लाख ७६ हजार ८ सय ५६ रुपैंया व्यय तर्फको विवरण प्रस्तुत गरेका छन् ।बिधालयमा अक्षयकोष सहित जम्मा १० लाख ५४ हजार १ सय ३४ रुपियाँ रहेको छ भने यस्तै ०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम रु. २ करोड २५ लाख ७६ हजार ८ सय ७४ रुपैयाँ आगामी बर्षको लागी प्रस्ताबित बजेट पेश गरिएको पाठकले बताए ।

बार्षिकोत्सव समारोहमा महेन्द्रोदय माध्यमिक विद्यालयको सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको विद्यालयका प्रद्यानाध्यापक रमेश प्रसाद पाठले बताए । बिभिन्न सास्कृतिक कार्यक्रम सहित विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक रमेश प्रसाद पाठकले प्रस्तुत गर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस