गजुरी गाउँपालिका वडा नं.५ स्थित डोलभन्ज्याङ माध्यमिक विद्यालयमा गठित इको क्लबले विद्यालय परिसरको सरसफाई कार्यक्रम गरेका छ्न्।
यस अभियान अन्तर्गत, क्लबका सदस्यहरूले विद्यालयका कक्षा कोठा, खेल मैदान, बगैचा र अन्य सार्वजनिक स्थानहरूको सफाइ गरेको बिधालय गठित इको क्लबका संयोजक शिक्षक सुवेदीले बताइन्। फोहोर संकलन, रीसायक्लिङ, र फोहोरको सही व्यवस्थापनका लागि विभिन्न गतिविधिहरूमा सहभागिता जनाएका छन्।
इको क्लबले आयोजना गरेको सरसफाई कार्यक्रममा डोलभन्ज्याङ माध्यमिक बिधालयका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले सहयोग गरेको इको क्लबका अध्यक्ष एवं विद्यार्थी हरिकृष्ण प्रजाले बताए।
डोलभन्ज्याङ मा.वि.मा गठित इको क्लबका संयोजक शिक्षक सुबेदीले विद्यार्थीहरूलाई स्वच्छता र पर्यावरण संरक्षणका महत्वका बारेमा सिकाउनको लागि साथसाथै फोहोर शुन्य अभियानलाई निरन्तरता दिन इको क्लब एक उत्कृष्ट प्लेटफर्म हो। किन कि उनिहरुलाई घर समाज र बिधालय तहमा समेत यसले उनीहरूको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई ब्यबहारिक बनाउन मदत गर्छ।
यस माध्यमिक बिधालयमा अध्ययनरत ४७५ विद्यार्थी र शिक्षक २३जना रहेका छन्।खेलकुद क्षेत्रमा यस बिधालय अब्बल रहेको छ। व्यायाम, पर्याप्त निद्रा र सन्तुलित आहारले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यलाई मजबुत बनाउँछ, जसले पढाइमा थप ध्यान दिन सजिलो बनाउँछ।
विद्यालयका शिक्षक र अन्य विद्यार्थीहरूलाई पनि सफा र हरित वातावरण बनाउनको लागि जनचेतना फैलाएका छन्। साथै, विद्यालय परिसरमा हरियाली प्रवर्धनका लागि वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको बिधालयमा गठित इको क्लबका संयोजक शिक्षक सुष्मा सुबेदीले बताइन्।
यस अभियानले विद्यालयको वातावरणलाई सफा र स्वस्थ बनाउन मद्दत पुर्याएको छ, र यसले विद्यार्थीहरूलाई पर्यावरणीय जिम्मेवारी र जागरुकता को महत्त्व सिकाउने अवसर पनि प्रदान गरेको बिधालय प्रधानाध्यापक अशोक कुमार घिमिरेले बताउनुभयो।
यसरी इको क्लबको सक्रिय सहभागिताले विद्यालयको स्वच्छता र वातावरण संरक्षणका लागि महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
शुक्रबार डोलभन्ज्याङ माध्यमिक विद्यालयले कक्षा ६ देखि ८ सम्म का विद्यार्थीहरूलाई सक्रिय सहभागिता र प्रतिष्पर्धात्मक सोचको विकास गर्न मद्दत पुर्याउने उदेश्यले बिषयगत अन्तर सदनात्मक आधारभूत तह हाजिर जवाफ प्रतियोगिता पनि गरिएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक नर बहादुर गुरुङले बताए।
यस कार्यक्रमले विद्यार्थहरूको ज्ञान र आत्मविश्वासलाई सुदृढ बनाउन समेत मदत गर्छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |